logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • जनकपुर बोल्ट्सको जनकपुरमा ‘ट्रफी परेड

    874Shares
    जनकपुर बोल्ट्सको जनकपुरमा ‘ट्रफी परेड

    काठमाडौं|  नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेका जनकपुर बोल्ट्स टिमले जनकपुरधाममा विजयोत्सव निकालेकाे छ ।

    जनकपुर बोल्ट्स टिमका खेलाडीका साथै क्रिकेट समर्थकहरुको भीड़काबीच विजयोत्सव निकालिएको हो ।

    मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ट्रफी परेड गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको हो । जनकपुरका चोक–चोकमा स्थानीयहरुले जनकपुर बोल्ट्सलाई स्वागत गरेका थिए । ट्रफी परेड अन्तर्गत शनिबार महोत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ भने तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिने बताइएको छ ।

    गत शनिबार भएको फाइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।



    फास्ट न्युज    
  • २०८१ पुष १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट