काठमाडौं । दशैंमा बजारमा किनमेल गर्ने ग्राहकको चहलपहल छ ।
काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरुको चहलपहल देखिएको हो । तर, व्यापारीहरुले भने विगतको तुलनामा व्यापार कम भएको गुनासो गरेका छन् ।
काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी भृकुटीमण्डप लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपहल छ । व्यापारीहरुले बाढी पहिरो लगाएतका कारणले व्यापार कम भएको अनुमान गरेका छन् ।
उनीहरुले कारोना महामारीपछि मुलुकको आर्थिक अवस्था कमजोर भएकाले पनि बजारमा त्यसको प्रभाव कम देखिएको जनाएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया