काठमाडौं ।करिब १ हजार जना अभिभावक तथा विद्यार्थीको उपस्थितिमा ‘रोलिङ स्टोन मेला’ सम्पन्न भएको छ । द रोलिङ स्टोन्स स्कुल भीमसेनस्थानको अयोजनामा ‘रोलिङ स्टोन मेला’ सम्पन्न भएको हो ।
प्रत्येक वर्ष विद्यार्थीलाई मनोरञ्जन, मौलिक खानाको परिकार खुवाउने उद्देश्यले मेला आयोजना गरेको विद्यालयले जनाएको छ। मेलामा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीसमेत गरेका थिए। कार्यक्रममा मःमः, योमरीजस्ता नेवारी खानाका परिकार रखिएको थियो। विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न खेल सामग्री पनि राखिएको थियो।
शनिबार एक दिन चलेको कार्यक्रममा स्कुलका विद्यार्थीका साथी तथा वरपरका स्थानीयको पनि सहभागिता रहेको थियो। विद्यार्थी मोबाइलमा मात्र व्यस्त हुने र साथीभाइसँग घुलमेल नहुने भएको हुनाले यस्ता मेलाको आयोजनाले विद्यार्थीमा सिर्जनात्मकताको विकास हुने विद्यालय व्यवस्थापनले जनाएको छ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd