logo

२०८३ भाद्र २९ सोमबार

logo
  • २०८३ भाद्र २९ सोमबार
  • द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ

    1.2KShares
    द्रुत विकासको नवयुगमा चीनको नयाँ सिजाङ

    ल्हासा (चीन) । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा हालै यहाँ चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना भएका सहरबीच सहकार्य, साझेदारी र अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरियो ।

    यहाँस्थित नेपालको महावाणिज्य दूतावास र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ एवं समुधुर बनाउने विषयमा विचारविमर्श भएको थियो । सन् १९९९ मा बनेपा नगरपालिका र सिगात्से नगरबीच सम्बन्ध स्थापना भई प्रारम्भ भएको भगिनी सम्बन्ध पच्चिसौँ वर्षमा प्रवेश गरेको छ ।

    बितेका २५ वर्षमा लिन्ची–पोखरा, ल्हासा–काठमाडौं, सान्नान–भक्तपुर, करुऔ–जिरी, नाक्चु–टोखा र सिगात्से–भरतपुरबीच सम्बन्ध कायम भइसकेको छ । निकट भविष्यमा अलिर, धुलिखेल नगरबीच सम्बन्ध स्थापना हुने भएको छ । भगिनी सम्बन्ध कायम भएका नगरपालिकाहरुलाई समेटेर पहिलोपटक आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।

    प्रतिनिधिमण्डलमा बागमती प्रदेश सरकार एवं काठमाडौं, पोखरा र भरतपुर महानगरपालिका तथा धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुर नगरपालिकाका प्रतिनिधि गरी २१ जनाको सहभागितो थियो ।



    फास्ट न्युज    
  • २०८२ असार १५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट