logo

२०८३ असार १९ शुक्रबार

logo
  • २०८३ असार १९ शुक्रबार
  • सात विश्वविद्यालयले पाए नयाँ नेतृत्व, लामो प्रतीक्षापछि उपकुलपति नियुक्त

    733Shares
    सात विश्वविद्यालयले पाए नयाँ नेतृत्व, लामो प्रतीक्षापछि उपकुलपति नियुक्त

    काठमाडौं — लामो समयदेखि नेतृत्व अभाव झेलिरहेका देशका सात विश्वविद्यालयले नयाँ उपकुलपति पाएका छन्। प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपति बालेन शाहले शुक्रबार सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्दै उच्च शिक्षाको नेतृत्वलाई पूर्णता दिएका हुन्।

    नियुक्तिअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्। त्यस्तै सुदूरपश्चिम विश्वविद्यालयमा किसानदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।

    सरकारले उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। सोही समितिले सिफारिस गरेका उम्मेदवारमध्येबाट प्रधानमन्त्री शाहले नियुक्ति गरेका हुन्।

    नयाँ नियुक्तिसँगै लामो समयदेखि नेतृत्वको अभाव, नीतिगत निर्णयमा ढिलाइ तथा शैक्षिक र प्रशासनिक काम प्रभावित भएका विश्वविद्यालयहरूले अब नियमित नेतृत्व पाउने अपेक्षा गरिएको छ। उपकुलपतिहरूले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुसन्धान विस्तार, सुशासन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी उच्च शिक्षा प्रणाली निर्माणमा प्रभावकारी भूमिका खेल्नुपर्ने चुनौतीसमेत रहेको छ।

    उच्च शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान, शैक्षिक क्यालेन्डर कार्यान्वयन, अनुसन्धानमा लगानी वृद्धि तथा विश्वविद्यालय सुधारका एजेन्डा अब नवनियुक्त उपकुलपतिहरूको कार्यसम्पादनको प्रमुख आधार बन्ने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट