logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    946Shares
    आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहनेछ।देशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

    यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।बुधबार राति तराई भूभागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।

    महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक- दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।



    फास्ट न्युज    
  • २०८२ माघ २८, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट