logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

    961Shares
    स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।
    शुक्रबार, स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन् ।
    उनले भने, ‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौ ।

    कार्यक्रममा समितिका अन्य सदस्यहरूको पनि उपस्थिति रहेको थियो। समितिले स्वास्थ्य बीमा क्षेत्रलाई थप प्रभावकारी र दिगो बनाउने उपायहरूको सिफारिससहित प्रतिवेदन तयार पारेको छ।

    मन्त्री पौडेलले प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसका लागि प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ पुष १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट