logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

    712Shares
    महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    उनीहरुविरुद्ध शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    महेश बस्नेत पत्नीसहित सबैजना प्रहरीको हिरासतबाटै अदालतमा उपस्थित गराइएका थिए । २५ हजार धरौटी माग गरिएकाहरु निम्न बमोजिम छन् ।

    गिता पण्डित

    प्रगति थापा

    सोनु बराल

    जानुका बस्नेत

    रेखा न्यौपाने

    सबिना केसी

    कमला बस्नेत

    निता खत्री



    फास्ट न्युज    
  • २०८३ बैशाख २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट