काठमाडौं। साहित्य सदन नेपालबाट अर्पण गरिने ‘गोपाल प्रसाद रिमाल पुरस्कार’ -२०८२ कवि मञ्जुललाई प्रदान गरिने भएको छ । कविता,गीत,उपन्यास,यात्रासंस्मरण,अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढीकृति प्रकाशन गरेर नेपाली वाङ्मयमा उनले पुर्याएको योगदानको सम्मानस्वरुप उक्त पुरस्कार प्रदान गरिन लागेको हो । साहित्य सदनका अध्यक्ष प्रा.डा.हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

रु.३०हजार नगदराशी सहितको उक्त पुरस्कार आगामी असार २१ गते रिमाल जयन्तीको अबसरमा प्रदान गरिने साहित्य सदन नेपालका सचिव प्रल्हाद पोखरेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया