logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने : गृहमन्त्री रमेश लेखक

    1KShares
    सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने : गृहमन्त्री रमेश लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन् ।

    सशस्त्र प्रहरी बल नेपालको मंगलबार आयोजित निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए ।

    ‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, हाल भैरहेको बीओपीहरुको स्तरवृद्धि गर्दै  संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको बताए ।

    मन्त्री लेखकले दीक्षित प्रहरी निरीक्षकहरुलाई आफ्नो वौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गरे ।

    उनले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने पनि बताए ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार