logo

२०८२ जेष्ठ ३ शुक्रबार

logo
  • शुक्रबार, ३ जेष्ठ २०८२
  • भोलि हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल, सबै तयारी पूरा

    भोलि हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल, सबै तयारी पूरा

    1.1K
    SHARES
    भोलि हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल, सबै तयारी पूरा

    काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार (भोलि) इलाम– २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।



    भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

    निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।


    फास्ट न्युज
  • शुक्रबार, १४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट