logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • भोलि हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल, सबै तयारी पूरा

    862Shares
    भोलि हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल, सबै तयारी पूरा

    काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार (भोलि) इलाम– २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

    भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

    निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।



    फास्ट न्युज    
  • २०८१ बैशाख १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार