logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • प्रधानमन्त्री ओलीलाई कोरियाको निम्तो

    919Shares
    प्रधानमन्त्री ओलीलाई कोरियाको निम्तो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा.चाल्र्स एस याङले विहीबार शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा दिएका छन् ।

    सुनहक शान्ति पुरस्कार फाउण्डेसनका अध्यक्षसमेत रहेका याङले नेपाल र कोरियबीचको कूटनीतिक सम्बन्ध भएको ५० औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रुपमा उपस्थित भइ सम्बोधनसमेतका लागि आग्रह गरेका छन् ।

    साथै उनले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनका लागि पनि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।  भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं सङ्घीय सांसद एकनाथ ढकालसमेत सहभागी थिए ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट