काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुनेछ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ।
महाधिवेशनमा करिब ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ। उद्घाटन सत्रमा भारत, चीनलगायत विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिलाई समेत निमन्त्रणा गरिएको छ।
महाधिवेशनअन्तर्गत आज उद्घाटन समारोह हुनेछ भने असोज १९ र २० गते खुलामञ्चमै बन्दसत्र सञ्चालन हुनेछ। त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
निर्वाचन कार्यक्रमअन्तर्गत असोज २१ र २२ गते मतदान तथा निर्वाचनसम्बन्धी प्रक्रिया सञ्चालन हुने कांग्रेसले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया