logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति

    976Shares
    संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति

    काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन नमिल्ने  बताएका छन् ।बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

    “लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो,” राष्ट्रपति पौडेलले भनेका छन्, “तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।”

    राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पार्दै नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको बताए ।

    साथै उनले साढे सात दशकदेखि अनवरत रुपमा कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा  आफूलाई खुसी लागेको समेत बताए ।  ‘मुलुकै  प्रमुख आमसञ्चारमा रुपमा साढे सात दशकदेखि अनवरत सत्य, तथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा मलाई अत्यन्त खूसी लागेको छ ।’

    राष्ट्रपति पौडेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताएका छन् ।

    कार्यक्रममा राष्ट्रपति पौडेलले बरिष्ठ संगितकारहरू रत्नकुमारी गुरूङ, रत्न बेहोशी, मोहनप्रसाद जोशीलाई सम्मान गर्नुभएको थियो । साथै, गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई राष्ट्रिय स्रष्टा सम्मान गरिएको थियो ।

     

     



    फास्ट न्युज    
  • २०८१ चैत्र २०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट