काठमाडौं । नेकपा (माओवादी केन्द्र) यतिबेला जागरण अभियानमा छ । माओवादी केन्द्रले सोमबार झापाको कचनकवलमा विशेष कार्यक्रमको आयोजना गरी अभियानको आरम्भ गरेको थियो ।
बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफुहरु वर्तमान सरकार ढाल्ने पक्षमा नरहेको र २०८४ साल सम्म वर्तमान गठबन्धन जारी रहे आफुहरुलाई फाइदा पुग्ने तयारी गरेको छ । । उहाले आफुहरुलाई सरकारको लोभ नभएको बताउदै वर्तमान गठबन्धन अस्वभाविक, अपवित्र र कृत्रिम भएकाले आफ्नै कारणले अहिलेको सरकार ढल्ने दाबी गरेका छन् ।
“अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान, स्थानीय, पत्रकार र सबै क्षेत्रहरूसँग सम्बन्ध सुदृढीकरण गर्ने हो”, प्रचण्डले भनेका छन्, “यो अभियान निकै उपलब्धिपूर्ण रहेको मैंले अनुभूत गरेको छु, कता–कता ०६४ को झल्को पाएको छु ।”
प्रचण्डले आफूहरुको अभियान २०८४ मा बहुमत ल्याउने गरी सञ्चालन गरिएको बताउँदै अब एमाले र कांग्रेससँग कुनै पनि हालतमा गठबन्धन नहुने स्पष्ट पारे। अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई थप सशक्त बनाई एउटै पार्टी परिवर्तन गर्ने गरी तयारी गरिरहेको पनि जानकारी दिए। उनले नेपालमा राजतन्त्र फर्किने सम्भावना हुँदै नभएकाले आफूले पूर्वराजाको अभिव्यक्तिलाई महत्त्व नदिएको जिकिर प्रचण्डको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया