काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमा सहभागी दुई प्रमुख पार्टी कांग्रेस र एमालेलाई असफल हुने छुट नरहेको बताएका छन् ।
नेकपा (एमाले) दाङ प्रचार तथा प्रसार विभागले सोमबार घोराहीमा आयोजना गरेको नेपाल पत्रकार महासंघमा निर्वाचित कार्यसमितिलाई सम्मान कार्यक्रममा पोखरेलले अस्थीरता अन्त्यका लागि ठूला दल मिलेर सरकार बनाइएको भन्दै दुई दललाई असफल हुने छुट नरहेको बताउनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलिको नेतृत्वमा रहेको वर्तमान सरकारले धेरै क्षेत्रमा सुधार गर्न सफल भएको उहाले बताउनुभयो । अस्थिरताको हौवाबाट तर्सिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले चुनौतिको सामना गर्नेगरी गतिलो गृहकार्य गरेर दुई दल अघि बढेको जिकिर गर्नुभयो । संविधान कार्यान्वयनको एक दशकको समीक्षा गरेर अधिकतम सहमतिको आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने उहाले बताउनुभयो । उहाले परिस्थिति परिपक्व नहुदा सम्म संविधान संशोधनको काम अघि नबढ्ने स्पष्ट पार्नुभयो । तीन तहका सरकारको कामलाई प्रभावकारी बनाउनेगरी संरचना सुधार, अधिकारमा स्पष्टता र कानुन सुधार गरेर जान सक्ने बारेमा समेत गृहकार्य गरिरहेको महासचिव पोखरेलले बताएका छन् ।
पोखरेलले सहकारी प्रकरणमा भइरहेको अनुसन्धानका क्रममा गोर्खा मिडियामा रकम कहाँबाट आयो थाहा भएन भनेर रवि लामिछाने पन्छिन नमिल्ने उल्लेख गर्नुभयो । रास्वपा पार्टी दर्ता भएपछि पनि लामिछानेले आफ्नै हस्ताक्षरबाट पैसा पठाएको प्रमाण फेला परेको उहाको भनाइ छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया