logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • रास्वपा केन्द्रीय संगठन विभागमा मनोनित

    1KShares
    रास्वपा केन्द्रीय संगठन विभागमा मनोनित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनीत गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गर्ने निर्णय गरेको हो। जसमा लमजुङका धर्म केसी, रूपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी छन्।

    यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमल प्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।

    यसैगरी पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट