logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

    997Shares
    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

    काठमाण्डौ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) काठमाण्डौबाट पक्राउ परेका छन् ।

    मनाङेलाई आज काठमाण्डौको सानो भर्‍याङबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक एवम् प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उनलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा उपस्थित गराउने तयारी छ ।

    मनाङेलाई सर्वोच्च अदालतले गएको कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

    सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट