logo

२०८२ फाल्गुन २४ आईतवार

logo
  • २०८२ फाल्गुन २४ आईतवार
  • थामे अपडेट : १२ घर र एउटा विद्यालय बाढीले बगायो, एक जना बेपत्ता

    889Shares
    थामे अपडेट : १२ घर र एउटा विद्यालय बाढीले बगायो, एक जना बेपत्ता

    विराटनगर । सोलुखुम्बुको पासाङ ल्याह्मु गाउँपालिकामा आएको बाढीका कारण १२ वटा घर पूर्ण रूपमा बगेका छन् । बाढीका कारण एक जना बेपत्ता भएको आशङ्का गरिएको छ ।

    बाढीका कारण एउटा विद्यालय र एउटा स्वास्थ्य क्लिनिक पूर्ण रुपमा बाढीले बगाएको छ । बगाएका १२ घरमा केही होटलसमेत रहेको प्रदेश प्रहरी कोशीका प्रवक्ता एसएसपी भीम दाहालले बताए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको र खोज तथा उद्धारमा लागेको छ ।

    सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले थामेमा ७ वटा घर उच्च जोखिममा रहेको बताइन् । उनले मानवीय क्षतिको बारेमा जानकारी नआएको जानकारी दिइन् । अहिले स्थानीय थामे खोलामा आएको बाढी घटेको छ । दिउँसोका भन्दा लेदो बाढी घटेको सीडीओ पाण्डेले बताइन् ।

    थामे खोलामा बाढी घटे पनि भोटेकोशीमा आएको बाढीका कारण सुनकोशीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेका कारण तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना दिइसकिएको प्रहरीले जनाएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण ३२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार