काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको सय दिनको समीक्षा, आगामी कार्ययोजना, समसामयिक राजनीतिक घटनाक्रम लगायत विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेका कामहरुको विवरण आज सार्वजनिक गर्ने तयारी गरेका छन् । सोही तयारीबारे गठबन्धन दलहरुसँग छलफल गर्न लागेका हुन् । यस्तै,बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशका बारेमा पनि छलफल हुने बुझिएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया