logo

२०८३ भाद्र ७ आईतवार

logo
  • २०८३ भाद्र ७ आईतवार
  • आज संसद्का दुई समितिको बैठक बस्दै

    1KShares
    आज संसद्का दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई महत्वपूर्ण समितिका बैठक बस्दैछन्। मंगलबार प्रतिनिधि सभाको पूर्वाधार विकास समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति बैठक बस्न लागेको हो।

    पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको हालको अवस्था, सञ्चालनमा देखिएका समस्या तथा समाधानका उपायबारे राष्ट्रिय योजना आयोगले प्रस्तुतीकरण गर्ने कार्यसूची रहेको छ।

    त्यसैगरी, बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल गरिनेछ।

    यसका साथै, उक्त समितिको वार्षिक कार्ययोजना सम्बन्धमा पनि बैठकमा छलफल हुने तय गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट