logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • चार सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना

    1KShares
    चार सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना

    विराटनगर । कोशी प्रदेश सभाका सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गर्नुभएका सांसदहरू सवार बिएई १४०६ नम्बरको कारलाई बा. ५ प. ३५२० नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो ।

    गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण, खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ्ग सवार हुनुहुन्थ्यो । उहाँहरूको अवस्था सामान्य रहेको र बैठकमा सहभागी नभई घर फर्किन लागेको सांसद मैयाँ श्रेष्ठले जानकारी दिनुभयो ।

    सांसद सवार गाडीलाई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले चलाउनुभएको गाडीले ठक्कर दिएको हो । खड्का गाडीमा निदाएका कारण दुर्घटना भएको बताइएको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट