काठमाडौँ । साताको तेस्राे कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २५.८८ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले घटेर २६६५.८१ बिन्दुमा रोकिएको हो ।
आज कुल १ करोड ९ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४० कम्पनीको घट्दा ५ कम्पनीको स्थिर रहाेकाे छ । आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमूह ३ प्रतिशले बढ्यो ।
त्यसैगरी उत्पादन तथा प्रशोधन उपसमूहको सूचक २.१४ प्रतिशतले बढेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया