logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • धादिङको झ्याप्ले खोलामा थप १३ शव भेटियो

    904Shares
    धादिङको झ्याप्ले खोलामा थप १३ शव भेटियो

    काठमाण्डौ । धादिङको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप १३ वटा शव भेटिएको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ । त्यही पहिरोमा हिजो दुई वटा बससहित १४ वटा शव पुरिएको अवस्थामा भेटिएको थियो ।

    यसैबीच गोरखाको लापुबेंसीबाट गएको शुक्रवार काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस पृथ्वीराजमार्गअन्तर्गत झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ । धार्चे गाउँपालिका–७ लापुबाट छुटेको बा ४ ख २२७० नम्बरको बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो । लापुबेंसीबाट छुटेको बस शुक्रवार रातिदेखि सम्पर्कविहीन थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट