logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

    799Shares
    झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी

    दमक । झापामा पूजाको प्रसाद खाँदा ६० जनाभन्दा बढी बिरामी परेका छन् ।

    झापाको अर्जुनधारा नगरपालिका-९ मा उनीहरु बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको घरमा बुधबार सत्यनारायणको पूजा लगाइएको थियो । सोही पूजाको प्रसाद खाँदा स्थानीयका साथै पाहुनासमेत बिरामी परेको बताइएको छ ।

    बिरामीमध्ये अधिकांशमा पखाला, ज्वरो र बान्ता भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । पूजाको प्रसादमा फुड पोइजन हुँदा गाउँ नै बिरामी परेको अर्जुनधारा नगरपालिका(९ का वडा अध्यक्ष भीष्म मिश्रले बताए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार ०८:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार