logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • सशस्त्र प्रहरीद्वारा दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन

    940Shares
    सशस्त्र प्रहरीद्वारा दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन

    काठमाडौं। नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले पनि दशैंमा रिङरोडभित्र दुई दिन निःशुल्क बस सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बलले आज र भोलि ९असोज २५ र २६ गते० काठमाडौको रिङरोडमा निशुल्क बस सञ्चालन गरेको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले बताए ।

    उनका अनुसार आज बिहान ६ बजे बाट सुरू भएको निस्शुल्क बसको पहिलो रूट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ ।

    यस्तै अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला, कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको छ । चाडपर्बको समयमा सार्बजनिक गाडी कम गुड्ने भएकोले सर्बसाधारणको सुबिधाको लागि बस सञ्चालन गरिएको उनको भनाइ छ ।

    यस्तै सशस्त्र प्रहरीले सर्वसाधारणका लागि भनेर देशभरी स्थानिय निकायसँगको समन्वय १९७ वटा लिङ्गेपिङ बनाइदिएको छ । विगत करिब १४ वर्ष देखिपिङ राख्ने कार्यलाइ यो बर्ष पनि निरन्तरता दिइएको उनले बताए ।दशैंमा यसअघिका वर्षमा पनि काठमाडौमा सशस्त्र प्रहरी बलले निस्शुल्क बस सेवा सञ्चालन गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट