logo

२०८२ माघ ११ आईतवार

logo
  • २०८२ माघ ११ आईतवार
  • सेफ्टी ट्याङकीमा बेहोस भएर तीन जनाको मृत्यु

    832Shares
    सेफ्टी ट्याङकीमा बेहोस भएर तीन जनाको मृत्यु

    नवलपुर। नवलपुरमा सेफ्टी ट्याङकीमा काम गर्ने क्रममा बेहोस भएर तीन जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टी ट्याङकी भित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घरधनी भोला सिंहका छोरा ३८ वर्षीय प्रकाश सिंह क्षेत्री, सोही ठाउँका १८ वर्षीय गणेश बोगटी र मोहम्मद राजाको मृत्यु भएको हो ।

    उहाँहरु तीनै जनाको उपचारका क्रममा रुपन्देहीका विभिन्न अस्पतालमा मृत्यु भएको पौडेलले बताउनुभयो ।

    बेहोस भएका उहाँहरुलाई छिमेकी प्रकाश क्षेत्रीमार्फत जानकारी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उपचारका लागि रुपन्देहीको सहिद स्मृति सामुदायिक अस्पतार चौपत्ता लगेकोमा उपचारका क्रममा तीनै जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट