logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

    1.1KShares
    पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउन ढिँलाई गर्नु हुँदैनः गृहमन्त्री लेखक

     काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन २०५९लाई समितिबाट छिट्टै पारित गर्न आग्रह गरेका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐनमाथिको छलफलमा सांसदले राखेका जिज्ञासाहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले ऐनलाई संशोधन गर्न पहिचान भएका विषयहरुलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए ।

    उनले भने , ‘भ्रष्टाचार नियन्त्रणसँग जुन ऐन छ यसको अत्यन्त ज्याँदा महत्व छ, यो  गम्भिर विषय पनि हो , संवेदनशिल विषय भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ लाई समितिबाट र  सभाबाट चाँडो भन्दा चाँडो पारित गर्न सकियोस् भन्ने म आग्रह गर्न चाहन्छु । ’

    पहिचान भएका विषयमा धेरै  छलफल भैइसकेको जनाउँदै निष्कर्षमा पुर्याउन ढिँलाई गर्न नहुने बताए ।उनले  यसअघि सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचार वा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार वा अनुचित कार्य गरेमा अख्तियार क्षेत्राधिकारभित्र राखिएको भएपनि अहिले संविधानमा भ्रष्टाचारको बिषयमात्रै उल्लेख भएको जिकिर गर्नुभयो । यस्तो अवस्थामा अनुचित कार्यको बिषयलाई कसरी हेर्ने भन्ने प्रशन उठेको उनले बताए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट