logo

२०८३ भाद्र २८ आईतवार

logo
  • २०८३ भाद्र २८ आईतवार
  • नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर

    1.3KShares
    नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर

    पश्चिम नवलपरासी, पुस १६ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पर्ने नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन कठिन बनेको छ। पछिल्ला दिनहरूमा परेको शीतलहरका कारण निर्माणाधीन सडक सतह अत्यधिक चिप्लो बनेपछि यात्रु तथा चालकहरूलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको हो।

    सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (पश्चिम खण्ड) का अनुसार हाल दाउन्ने क्षेत्रमा पक्की ढलान र कल्भर्ट निर्माणको काम भइरहेको छ। निर्माण कार्य जारी रहेकै समयमा प्रतिकूल मौसमका कारण सडकमा हिलो जमेको र चिप्लोपन बढेको जनाइएको छ।

    सडक चिप्लो हुँदा मालवाहक ट्रक, यात्रुवाहक बस तथा साना निजी सवारी साधनहरू उकालोमा चिप्लिने, हिलोमा फस्ने र बिग्रिने समस्या बढ्दै गएको छ। यसका कारण दाउन्ने पहाड क्षेत्रमा लामो समयसम्म सवारी जाम हुने र यात्रुहरूले ठूलो सास्ती भोग्नुपर्ने अवस्था देखिएको छ।

    यात्राको जोखिम बढेपछि आयोजना कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सवारी साधनलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, सो सडक प्रयोग गर्नै परेमा अत्यधिक सतर्कता अपनाउन र ट्राफिक नियमको कडाइका साथ पालना गर्न सबै सवारी चालकलाई अनुरोध गरिएको छ।



    फास्ट न्युज    
  • २०८२ पुष १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट