काठमाण्डौ । सुनचाँदीको भाउले आइतबार पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको भाउले कीर्तिमान बनाउँदै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
यस्तै आइतबार चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार पनि चाँदीको भाउले कीर्तिमान बनाउँदै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ कायम थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया