logo

२०८३ श्रावण ४ सोमबार

logo
  • २०८३ श्रावण ४ सोमबार
  • विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

    781Shares
    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखेर दिगो विकासका योजना अघि बढाउनुपर्ने बताएका छन्।

    नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्नेमा जोड दिए। उनले विकासका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय विविधता तथा नयाँ पुस्ताको आवश्यकता र आकांक्षालाई समेत समेट्नुपर्ने बताए।

    राष्ट्रपति पौडेलले उत्पादन, रोजगारी र आर्थिक गतिविधिलाई तीव्र बनाउँदै दिगो तथा समावेशी विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे। भौगोलिक रूपमा जटिल भए पनि प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपाललाई अहिले पर्यावरणमैत्री र दिगो पूर्वाधारको आवश्यकता रहेको उनको भनाइ थियो।

    जलवायु परिवर्तनलाई मुलुकसामु रहेको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै उनले सडक, पुल तथा जलविद्युत् आयोजनाजस्ता पूर्वाधार प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्ने बताए। नेपालको विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्नेमा उनले जोड दिए।

    राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले विकास र मानवीय हितका विविध आयामलाई सम्बोधन गर्ने भएकाले लोकतन्त्रका मूल्य र मान्यतालाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए। लोकतन्त्रको सफल कार्यान्वयनबाट मात्र गणतन्त्रले परिकल्पना गरेको उद्देश्य हासिल हुने उनको भनाइ थियो।

    उनले देशको भविष्य युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर रहने उल्लेख गर्दै नवीन सोच र इन्जिनियरहरूको प्राविधिक दक्षतालाई विकाससँग जोड्न सके आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।

    दक्ष युवा इन्जिनियर तथा आर्किटेक्ट रोजगारीको खोजीमा विदेशिने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति पौडेलले सरकार र निजी क्षेत्रलाई स्वदेशमै पर्याप्त रोजगारी, उचित मूल्याङ्कन र अनुकूल कार्य वातावरण सिर्जना गर्न आग्रह गरे।



    फास्ट न्युज    
  • २०८३ श्रावण ३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट