logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • ‘एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता यथावत्’

    730Shares
    ‘एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता यथावत्’

    काठमाडौँ । सरकारले नेपाल एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको जनाएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल आफ्नो स्थापित परराष्ट्र नीतिमा दृढ रहेको प्रष्ट पारे ।

    केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन अनुमति दिइएको विषयलाई लिएर संसद्मा नेपाल एक चीन नीतिविपरीत गएको हो कि भन्ने प्रश्न उठेपछि त्यसबारे मन्त्रालयले स्पष्ट पारेको हो ।

    प्रवक्ता क्षेत्रीले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हितविपरीत प्रयोग हुन नदिने स्थापित नीतिमा अडिग रहेको भनाइ राखे। साथै नेपालको भूभाग कुनै पनि मित्रराष्ट्रको अहित हुने गतिविधिका लागि प्रयोग हुन नदिने सरकारको स्पष्ट अडान रहेको जनाएका छन् । उनले नेपाल एक चीन नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको र सोही प्रतिबद्धताअनुसार सरकारको नीति तथा अडानमा कुनै परिवर्तन नभएको प्रष्ट पारेका थिए ।



    फास्ट न्युज    
  • २०८३ असार २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट