logo

२०८३ असार २५ बिहीबार

logo
  • २०८३ असार २५ बिहीबार
  • जग्गाको विषयमा विवाद चकिँदा रौतहटमा एक जनाको हत्या, २ जना प्रहरी नियन्त्रणमा

    754Shares
    जग्गाको विषयमा विवाद चकिँदा रौतहटमा एक जनाको हत्या, २ जना प्रहरी नियन्त्रणमा

    रौतहट। रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गाको स्वामित्व सम्बन्धी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको विषयलाई लिएर विवाद भएको थियो। भनाभनपछि विवाद कुटपिटमा परिणत भएको प्रहरीले जनाएको छ।

    विवादका क्रममा रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। ढाडमा गम्भीर चोट लागेका बुटन साहलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर उपचारकै क्रममा राति करिब ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

    घटनामा रामबहादुर साहको टाउकोमा पनि चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न आरोपित रामेश्वर साह र उनका पिता रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट