logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

    985Shares
    होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

    लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी)ले बुधबार बीमा कम्पनी एलियान्जको पछिल्लो प्रतिवेदनलाई उदृत गर्दै रिपोर्ट गरेको छ । एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्त्वपूर्ण जलमार्गको बन्दले बिमा कम्पनीका लागि जाँच केन्द्रमा जोखिम वहनको ढाँचा परिवर्तन गरेकोसमेत जनाइएको छ । संयुक्त राज्य अमेरिका र इरानबिच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णयपछि ढुवानी यातायात विस्तारै सहज भएको जनाइएको छ ।

    आधिकारिक तथ्याङ्कले यस अघिकोे हप्तामा ६९ वटा जहाज खाडीबाट बाहिर निस्किएको देखाएको छ । जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किएपछिको सबैभन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यहि भएको जनाइएको छ । द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानविय क्षती र आर्थिक नोक्सान हुनुका साथै लामो समयसम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यमा सङ्कट ल्याएको जनाइएको छ ।

    अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका कारण १४ जना डुङ्गा चालकको मृत्यु भएको छ भने ४० वटा भन्दा बढी जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ । रासस/सिन्ह्वा



    फास्ट न्युज    
  • २०८३ असार १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट