logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • रास्वपा प्रथम महाधिवेशन आजदेखि, प्रधानमन्त्री शाह र पार्टी सभापतिले सम्बोधन गर्दै

    730Shares
    रास्वपा प्रथम महाधिवेशन आजदेखि, प्रधानमन्त्री शाह र पार्टी सभापतिले सम्बोधन गर्दै

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको पार्टीले जनाएको छ। महाधिवेशनको भव्य उद्घाटन सत्र आइतबार दिउँसो २ बजे भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा विशेष समारोहका बीच हुनेछ, जसका लागि जर्मन प्रविधिमा आधारित अत्याधुनिक वाटरप्रुफ डोम निर्माण गरिएको छ। उद्घाटन सत्र सकिएपछि महाधिवेशनको बाँकी बन्दसत्र भने चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।

    महाधिवेशनमा भाग लिन पार्टी सभापति रवि लामिछानेसहितका केन्द्रीय नेताहरू, प्रतिनिधि तथा पर्यवेक्षकहरू चितवन आइसकेका छन्। यस्तै, प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र ९बालेन० शाह आइतबार नै चितवन आउने कार्यक्रम रहेको छ। उद्घाटन सत्रलाई प्रधानमन्त्री शाह र सभापति लामिछाने दुवैले विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

    असार ९ गतेसम्म चल्ने यस महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा केन्द्रीय समितिको आकार १३१ सदस्यीयबाट बढाएर १५१ वा १५८ सदस्यीय बनाउने गरी विधान संशोधनको प्रस्ताव समेत लैजाने तयारी गरिएको छ।

    पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनलाई मर्यादित बनाउन विशेष निर्वाचन आचारसंहिता, २०८३ जारी गर्दै आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लड्न निषेध गरेको छ। सम्भावित निर्वाचनका लागि ई(भोटिङ मेसिनको समेत व्यवस्था गरिएको भए पनि मुख्य पदहरूमा सर्वसम्मतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

     



    फास्ट न्युज    
  • २०८३ असार ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट