काठमाडौँ । नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। पछिल्लो सर्वेक्षण अनुसार नेपालमा लागुऔषध दुर्व्यसनको सङ्ख्यामा वृद्धि भइरहेको छ। विशेषगरी १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू यसको चपेटामा बढी परेका छन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कारागारहरूमा समेत लागुऔषधसम्बन्धी मुद्दाका कैदीबन्दीको चाप उच्च रहेको बताउनुभयो।
बिहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा सहभागी देशहरूले आफ्नो भूमिमा मानिसहरूलाई मार्ने, अपहरण गर्ने, उत्पीडन गर्ने, धम्क्याउने वा अन्य प्रकारका आक्रमण गर्ने प्रयासले राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय मान्यतामाथि प्रत्यक्ष चुनौती खडा गरेको बताएका छन् । उनीहरूले यस्ता गतिविधि तत्काल अन्त्य गर्न इरानलाई आग्रह गरेका छन् ।
विज्ञप्तिमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आइआरजिसी० अन्तर्गतका गुप्तचर सेवाहरू तथा यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विभिन्न देशमा रहेका इरानी असन्तुष्ट, पत्रकार तथा यहूदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गर्दै घातक षड्यन्त्र तथा दुर्भावनापूर्ण गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।
संयुक्त वक्तव्यमा हस्ताक्षरकर्ताहरूले आफ्ना नागरिक र देशलाई यस्ता खतराबाट सुरक्षित राख्ने विषयमा आफूहरू एकजुट रहेको उल्लेख गर्दै इरानले अब यस्ता कार्यहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार अन्तर्राष्ट्रिय सुरक्षा र कानुनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन ।
ती देशहरूले इरानसँग सम्बन्धित मानिएको समूह ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ मार्फत युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी पत्रकार तथा अमेरिकी पत्रकारहरूलाई लक्षित गरी आक्रमणको अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन् । उक्त अभियानको पछाडि इरानको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको उनीहरूको आरोप छ ।
यसैबिच, कम परिचित उक्त समूहले लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा रहेका सभास्थल र यहुदी समुदायसँग सम्बन्धित विभिन्न केन्द्रहरूमा हालै भएका श्रृङ्खलाबद्ध आगजनी घटनाको जिम्मेवारी लिएको बताइएको छ । गोल्डर्स ग्रिन लन्डनको ठुलो यहुदी समुदाय बसोवास गर्ने क्षेत्रका रूपमा परिचित छ ।
इरानले भने यस्ता आरोपबारे तत्काल कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । तर पश्चिमी मुलुकहरू र इरानबिच सुरक्षा, क्षेत्रीय प्रभाव तथा गुप्त गतिविधिसम्बन्धी विवाद पछिल्ला वर्षहरूमा लगातार चर्किँदै आएको छ । पछिल्लो संयुक्त चेतावनीलाई पनि इरानमाथि बढ्दो कूटनीतिक दबाबका रूपमा हेरिएको छ । राससरएएफपी
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया