बुटवल । अनशनरत अधिकारकर्मी रुबी खान र सरकारबीच बुधबार पाँचबुँदे सहमति भएको छ । खान बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै २३ दिनदेखि आमरण अनशनमा बसेकी थिइन् । सहमतिसँगै खानले अनशन तोडेकी छन् ।
नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल)मा अनशनरत खानलाई प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवानले बाह्रखरीलाई जानकारी दिए ।
खानसँग वार्ताका लागि सरकारका तर्फबाट प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले र दाहाल सम्मिलित टोली नेपालगन्ज पुगेको थियो । निरन्तर संवादपछि बुधबार सहमति जुटेको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया