logo

२०८३ जेष्ठ ७ बिहीबार

logo
  • २०८३ जेष्ठ ७ बिहीबार
  • कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भने- पदाधिकारी हटाएर सरकारले संवेदनशील निकाय भ्याक्युम बनायो

    727Shares
    कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले भने- पदाधिकारी हटाएर सरकारले संवेदनशील निकाय भ्याक्युम बनायो

    काठमाडौं– नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनाएको बताएका छन् ।

    बुधबार प्रतिनिधि सभाको शुन्य समयमा आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन् ।

    उनले संक्रमणकालीन न्यायका आयोग लगायत केही संवेदनशील संस्थामा समेत पुराना पदाधिकारीलाई बर्खास्त गरिएकाले छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी रहेको उल्लेख गरे । विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्व पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको उनको भनाइ छ ।

    उनले टिआरसी ऐनको संशोधन गरेपनि धेरै कानुनी कमजोरीहरू बाँकी नै रहेकाले नयाँ नियुक्त गर्नुअघि कमजोरीहरू सुधार्न ऐनको चौथो संशोधन आवश्यक रहेको बताए । यसमा वर्तमान सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट