logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    907Shares
    एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको मूल्य १३ सय रुपैयाँले घटेको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट