logo

२०८३ जेष्ठ ६ बुधबार

logo
  • २०८३ जेष्ठ ६ बुधबार
  • आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन

    772Shares
    आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन

    काठमाडौं । विभिन्न आठ विश्वविद्यालयका उपकुलपतिका निम्ति २१८ जनाको आवेदन परेको छ । सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आवेदन गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, त्रिविमा ५० जनाको आवेदन परेको छ ।

    त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयमा ३८, पोखरा विश्वविद्यालयमा ३८, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जनाको आवेदन परेको छ ।

    त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयमा २०, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका निम्ति २७ जनाको आवेदन परेको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट