logo

२०८३ जेष्ठ ६ बुधबार

logo
  • २०८३ जेष्ठ ६ बुधबार
  • कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु

    805Shares
    कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु

    विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।

    कोशी प्रदेश सभा सचिवालयका अनुसार अधिवेशन आज दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्नेछ ।

    प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएपछि बैठकहरू वीरेन्द्र सभा गृहबाट सञ्चालन हुँदै आएका छन् । यसअघिको अधिवेशन पनि सोही स्थानबाट सञ्चालन गरिएको थियो ।

    यसैबीच, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम आगामी बिहीबार, जेठ ७ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ ।

    सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुली ले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरिने जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट