logo

२०८३ भाद्र २३ मंगलवार

logo
  • २०८३ भाद्र २३ मंगलवार
  • ठगी नियन्त्रण अभियान: उपत्यकामा ९५ कन्सल्टेन्सीमा छापा, ६९ जना पक्राउ

    1KShares
    ठगी नियन्त्रण अभियान: उपत्यकामा ९५ कन्सल्टेन्सीमा छापा, ६९ जना पक्राउ

    काठमाडौँ — शैक्षिक परामर्श संस्थाको आडमा भइरहेको ठगी र अनियमितता नियन्त्रण गर्न प्रहरीले काठमाडौँ उपत्यकामा व्यापक अभियान सञ्चालन गरेको छ। सोही अभियान अन्तर्गत ९५ वटा कन्सल्टेन्सीमा छापा मार्दै ६९ जनालाई नियन्त्रणमा लिइएको छ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शुक्रबार विभिन्न स्थानमा सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूमा एकैसाथ अनुगमन तथा छापा अभियान चलाइएको हो। प्रारम्भिक अनुसन्धानमा केही संस्थाहरूबाट शंकास्पद गतिविधि देखिएको भन्दै थप छानबिन अगाडि बढाइएको जनाइएको छ।

    कार्यालयका एसपी का अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको विवरण संकलन र स्क्रिनिङ भइरहेको छ। उनले दोषी देखिएकामाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए।

    प्रहरीले पछिल्लो समय शैक्षिक परामर्शका नाममा भइरहेको ठगी, अवैध आर्थिक कारोबार तथा नक्कली कागजात प्रयोगजस्ता गतिविधि बढ्दै गएको गुनासोपछि यस्तो अभियान तीव्र बनाएको हो।

    कार्यालयले आगामी दिनमा पनि यस्ता गैरकानुनी गतिविधिविरुद्ध निगरानी बढाउँदै कारबाहीलाई निरन्तरता दिने जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट