काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य एक अंकले घटेको नेप्से आज एक दशमलव ५४ अंकले बढेर २७ सय ८८ दशमलव ७० अंकमा पुगेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव २० अंकले घटेर चार सय ६८ दशमलव शून्य सात अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको ७५ हजार दुई सय २९ पटकको कारोबारमा एक करोड २१ लाख ७४ हजार पाँच सय १६ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब २७ करोड तीन लाख ९९ हजार सात सय २७ रुपैंयाँ पुगेको छ ।नेप्सेमा आज १३ वटा समूहहरुको सेयर कारोबार भएकोमा छवटा समूहहरुको सूचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समूहको सूचक तीन दशमलव १९ अंकले बढेर १४ सय ४६ दशमलव ८२ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि १३ दशमलव ५२ अंकले बढेर पाँच हजार नौं सय ८० दशमलव सात अंकमा चढेको छ ।
जलबिद्युत समूहको सूचक पनि १० दशमलव १८ अंकले बढेर तीन हजार नौं सय ९९ दशमलव ६७ अंकमा पुगेकोमा होटल तथा पर्यटन, उत्पादनमुलक र व्यापार समूहको सूचक पनि क्रमशः २६ दशमलव ८४, ७७ दशमलव ६५ र २२ दशमलव २९ अंकले बढेका छन् । यि बाहेक फाइनान्स समहूको सूचक १४ दशमलव ९८ अंकले घटेर २३ सय ८० दशमलव ८० अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ३३ दशमलव ७२ अंले घटेर १२ हजार पाँच सय ४३ दशमलव ६२ अंकमा पुगेको छ ।
निर्जीवन बीमा समूहको सुचक पनि सात दशमलव शून्य दुई अंकले घटेर १० हजार आठ सय ८१ दशमलव ८४ अंकमा झरेकोमा लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सुचक पनि क्रमशः शुन्य दशमलव शुन्य दुई, १७ दशमलव २१, शुन्य दशमलव शून्य एक र २० दशमलव ८७ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पाल्पा सिमिन्ट परेको छ भने बढी गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा मेन्छियाम हाईड्रोपावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने रिडी हाईड्रोपावर कम्पनी पहिलो स्थानमा परेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया