भक्तपुर । जिल्ला प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काले ६० भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको बताए । पक्राउ परेका व्यक्तिका विभिन्न कसुरमाथि छानबिन गरेपछि मुद्दा चलाइने भएको छ ।
ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेको खड्काले बताए । उनीहरूले सार्वजनिक स्थलमा शान्तिसुरक्षा भङ्ग गर्ने खालका क्रियाकलाप गर्ने, शङ्कास्पद गतिविधि गर्ने, लागूपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शङ्कास्पद गतिविधि गरेका कारण पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन चलाइएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया