logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • कांग्रेस बैठकमा गगन थापाको राजीनामा अस्वीकृत, अस्वीकार गर्ने आधारहरू के हुन् ?

    805Shares
    कांग्रेस बैठकमा गगन थापाको राजीनामा अस्वीकृत, अस्वीकार गर्ने आधारहरू के हुन् ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा परिणामलाई लिएर नैतिक रूपमा राजीनामा दिए पनि त्यसलाई कार्यसमिति बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो ।

    बैठकले राजीनामा अस्वीकार गर्नुका आधार पनि प्रस्तुत गरेको छ ।

    राजीनामा अस्वीकार गर्ने आधारहरू

    -निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको

    -वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको

    -राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले

    -राजीनामा बाध्यकारी नभई नैतिक र स्वैच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले

    -सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्धान्तमा आधारित रहेकोले

    -विशेष महाअधिवेशन पश्चात् प्रारम्भ गरिएको सुधार कार्यक्रम



    फास्ट न्युज    
  • २०८२ चैत्र ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट