logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल

    1.1KShares
    न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल

    काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले जारी गरेको विज्ञप्तिमा यस्ता अवाञ्छित टिप्पणीले नागरिकले निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने संवैधानिक अधिकारमा नकारात्मक असर पार्नेप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

    विज्ञप्तिमा भनिएको छ कि पछिल्लो समय देखिएका आलोचना र टिप्पणीहरू प्रणालीगत सुधारको उद्देश्यले नभई व्यक्तिगत पूर्वाग्रह र तथ्यहीन आधारमा केन्द्रित देखिन्छन्। “यस किसिमका आलोचना सुधारको भावनाबाट प्रेरितभन्दा पनि पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यविहीन देखिन्छन्,” विज्ञप्तिमा उल्लेख छ।

    यस्ता व्यवहारले न्याय सम्पादनको प्रभावकारिता बढाउने नभई नागरिकको निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने अधिकारमाथि प्रत्यक्ष खतरा सिर्जना गर्ने समाजको ठहर छ। साथै, समाजले मुद्दा फैसला गर्दा दुवै पक्षलाई सन्तुष्ट पार्न सम्भव नहुने यथार्थलाई पनि ध्यानमा राख्नुपर्ने जनाएको छ।

    अदालतमा प्रवेश गरेका पक्षहरूमध्ये एक पक्ष हार्ने र अर्को पक्ष जित्ने स्वाभाविक प्रक्रिया भए पनि हार्ने सबै पक्षलाई पीडितका रूपमा चित्रण गर्नु न्यायिक मर्यादाविपरीत हुने समाजको भनाइ छ।न्याय सम्पादनका क्रममा न्यायाधीशबाट कुनै कमी–कमजोरी भएमा त्यसलाई विधिसम्मत रूपमा सम्बन्धित निकायमा उजुरी गर्न पनि न्यायाधीश समाज नेपालले अपिल गरेको छ।

     



    फास्ट न्युज    
  • २०८२ मंसिर २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट