logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • आज विश्व हिमनदी दिवस, विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्घोष

    862Shares
    आज विश्व हिमनदी दिवस, विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्घोष

    काठमाण्डाै ।आज विश्व हिमनदी दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा गएकाे वर्षदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । हिमनदीको महत्त्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष २० मार्चमा मनाइन्छ ।

    पृथ्वीको पारिस्थितिक प्रणालीका लागि महत्त्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलनमा राख्न र जैविक विविधतालाई संरक्षण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका राष्ट्रसङ्घले जनाएको छ ।

    हिमनदी विश्वभरका करोडौँ मानिसका लागि पानीका आधारसमेत हुन् । पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ ।

    विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढाएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रसङ्घले यो चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको बताएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र ६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार