logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित

    784Shares
    निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित

    संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

    सोमबार राति सम्पन्न मतपरिणामअनुसार कार्कीले १५ हजार ६ सय ३६ मत ल्याएका छन् । कार्कीका निकटम् प्रतिद्वन्द्वी शेर्पाले १५ हजार मत प्राप्त गरे । एमालेका कार्की र रास्वपाका शेर्पाबीच ६ सय ३६ मतान्तर छ । उनीहरुबीच सुरुदेखि नै कडा प्रतिस्पर्धा भइरहेको थियो । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे ।

    श्रम संस्कृति पार्टीकी उमाकुमारी राई ९ हजार ८ सय ५७ मतका साथ चौथो स्थानमा रहिन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ८ सय १२ मत ल्याएकी छन् । निर्वाचित भएपछि डा. कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै संखुवासभा जिल्लाको समग्र विकासका लागि निरन्तर रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सङ्खुवासभामा ६३ हजार ६ सय ३४ मत खसेको थियो । एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता छन् । निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार थिए । आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सार्वजनिक भएको हो ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट