logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • चीनको हाइनानमा शक्तिशाली आँधी, चार लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

    712Shares
    चीनको हाइनानमा शक्तिशाली आँधी, चार लाख मानिसलाई सुरक्षित ठाउँमा सारियो

    बेइजिङ । चीनको दक्षिणमा रहेको हाइनान एक दशकयताकै शक्तिशाली आँधीबाट प्रभावित भएको छ । बेगसहितको हावा र मुसलधारे पानीले जनजीवन प्रभावित बनाएको छ । चीनको मौसम विभागले शरद ऋतुमा आएको यो सबैभन्दा शक्तिशाली आँधी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

    सुपर टाइफुन ‘यागी’  ४ बजे दुई सय २३ किलोमिटर प्रतिघण्टाको दरमा वेनचाङ शहरमा प्रवेश गरेको थियो । यो आँधी आउनुअगावै हाइनान टापुका झण्डै चार लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको थियो । रेल, डुङ्गा र उडान निलम्बित गरिएको थियो । स्कूलहरू पनि बन्द रहेका थिए ।

    हाइनान चीनको दक्षिणमा रहेको एक लोकप्रिय पर्यटक टापु पनि हो । यसअघि ४६ जनाको ज्यान जाने गरी सन् २०१४ मा आएको राममासुनपछि हाइनानमा प्रवेश गर्ने ‘यागी’ सबैभन्दा शक्तिशाली समुद्री आँधी हो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २२, शनिबार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार