logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • शपथ ग्रहणपछि राष्ट्रिय सभाका सदस्यले भने- राष्ट्र र जनताको हितमा काम गर्छौँ

    808Shares
    शपथ ग्रहणपछि राष्ट्रिय सभाका सदस्यले भने- राष्ट्र र जनताको हितमा काम गर्छौँ

    काठमाडौं। राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सोमबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरूले आवश्यक ऐन, कानुन, नीति निर्माणका साथै राष्ट्र र जनताको हितका लागि काम गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    राष्ट्रियसभा सदस्य महन्त ठाकुरले संविधानले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताए । उनले आफूहरूको भूमिका कानुन निर्माणमा भए पनि जनताले विकासको अपेक्षा आफूहरूबाट पनि गरेकाले समस्या हुने गरेको गुनासो गरे ।

    त्यस्तै राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देश बनाउनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा मिलेर अघि बढ्नुपर्ने बताए । मुलुकको विकास, सुशासन लगायतका लागि आवश्यक कानुन बनाउनुपर्ने आवश्यकता देखिएकाले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

    उनले अहिले दुईतिहाई वा बहुमत ठूलो कुरा नभएको भन्दै राष्ट्रिय हितका लागि कुनै कानुन रोक्ने काम नहुने र आफूहरूको पूर्ण सहयोग हुने धारणा राखे ।

    त्यस्तै राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले जनता र राष्ट्रको हित हुने काममा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । प्रतिनिधिसभा जस्तै राष्ट्रियसभाले पनि यसअघि जस्तै जिम्मेवार भएर काम गर्ने उनले बताइन् । झाँक्रीले प्रतिनिधिसभा निर्वाचनको नतिजाप्रति पार्टी कमिटीमा छिटै आवश्यक समीक्षा हुने उल्लेख गरिन् ।

     



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार